काठमाडौँ, १२ असोजः गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम…