गण्डकी, ३० भदौ जेनजी आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा बिस्तारै सञ्चालन हुन थालेको छ । अदालतलगायत सरकारी निकाय र कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको हो । जिल्ला प्रशासन कार्यालय, कास्कीले आइतबारदेखि मुद्दा, शान्तिसुरक्षा र विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा सञ्चालन गरिएको जनाएको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई…