कपिलवस्तु, कात्तिक ११ । छठ पर्वको पावन अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले धार्मिक परम्परा अनुसार सूर्यदेवलाई अर्घा अर्पण गर्दै पूजा अर्चना गर्नुभएको छ। नगर प्रमुख पौडेलले मंगलबार साँझ अस्ताउँदो सूर्य र बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घा चढाउँदै नगरवासीको सुख, समृद्धि र शान्तिको कामना गर्नुभयो। धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रूपमा मनाइने छठ…