कपिलवस्तु १माघ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्राचिन कपिलवस्तु अर्थात तिलौराकोटले अवको केहि वर्षभित्र सिंगो राष्ट्रलाई पाल्न सक्ने वताउदै नेपालले विश्वस्तरका वित्तिय निकायसंग सहयोगका हात फैलाउन नपर्ने वताउनु भएको छ। उहाले विश्वभरका १ प्रतिशत बौद्धमार्गीहरु कपिलवस्तुको तिलौराकोट आउन शुरु गर्दाकै दिनवाट यसले देशको अर्थतन्त्रको मेरुदण्ड बन्ने स्पष्ट पार्नु भयो । कपिलवस्तुको सदरमुकाम तौलिहवा मधेसको…