काठमाडौँ, ३ चैतः महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय…