लुक्ला, ३० जेठ । मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल…