जेठ १९,खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ । मेयर विमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो । अङ्ग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका…