नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवार दर्ता गराउनुभएकी सिर्जना सिंहले काठमाण्डौलाई सुशासन दिलाउनु आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ । नेपाल महिला सङ्घ काठमाण्डौ जिल्ला कार्यसमितिले आज मङ्गलवार काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले २५ वर्षदेखि लथालिङ्ग अवस्थामा रहेको काठमाण्डौ महानगरलाई सुव्यवस्थित गर्नका लागि आफूले मेयरमा उम्मेदवारी दिएको बताउनुभयो । ‘कांग्रेस पार्टीले सार्वजनिक गरेको घोषणापत्र…