चितवन, ०३ वैशाख ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो भोलिसम्ममा लागि सक्ने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले आजै बेलुकासम्ममा खाका तयार हुने बताउनु भएको हो । उहाँले भन्नुभयो, आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ…