काठमाण्डाै - कक्षा १ देखि १२ सम्म अब एउटै मूल्याङ्कन विधि लागू हुने भएको छ । सबै विषयमा अब न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्ने विद्यार्थीले मात्रै माथिल्लो कक्षामा पढ्न पाउने भएका छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका-२०७८ जारी गर्दै यस्तो मापदण्ड तय गरेको हो । निर्देशिका अनुसार माथिल्लो कक्षामा पढ्नका लागि विद्यार्थीले…