बुटवल, २६ मंसिर । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल चयन भएका छन् । यसैगरी उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । एमाले केन्द्रीय कमिटी बैठकले यस अघिका प्रदेश सदस्य यथावत् कायम राख्ने गरी प्रदेशको पदाधिकारी चयन गरेको हो । कँडेल पाल्पाका पूर्व जिल्ला अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।…