कपिलवस्तु, ०३ चैत्र ।सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन समयमै हुने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ । नेपाली काँग्रेस बाणगंगा नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो कुरा बताउनुभएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रयत्नशील रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘सबैको सहयोगले निर्वाचन सम्पन्न हुन्छ भन्ने हामी विश्वस्त छौं…