काठमाडौं, ०१ चैत्र । गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका छन्। उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै मन्त्री खाँणले त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका हुन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस फ्रिडम, मानव अधिकारको रक्षा…