कपिलवस्तु, २८ फागुन ।कपिलवस्तु लगाएत १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार आजदेखि कपिलवस्तु, झापा, बारा, लमजुङ, पर्वत, बाग्लुङ, मोरङ, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाइँदैछ ।यी मध्ये झापा, बारा, लमजुङ, पर्वत र बाग्लुङमा…