कपिलवस्तु, १२ फागुन । पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित कार्यक्रमका सहभागि वक्ताले सस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए । कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने…