चितवन, १९ असोज सडकमार्गमा सस्यामा परेका याुत्रको व्यवस्थापनसहित उनीहरूलाई गन्तव्यसम्म पु¥याउन चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहोरात्र ‘फिल्ड’मै खटिरहनुभएको देखिन्छ । जिल्लास्थित कर्मचारी संयन्त्रका प्रमुखका हैसियतले कार्यकक्षमा बसी निर्देशन दिनेभन्दा ‘फिल्ड’ मै पुगी आवश्यक निर्देशनसहित तथा सहजीकरण गर्न उहाँ व्यस्त देखिनुहुन्छ । जिल्लाका प्रमुख राजमार्गको पहिरो हटाउने, पहिरोमा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुग्नका लागि…