लुम्बिनी, १६ असोज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मार्गदर्शनअनुसार वर्तमान चुनौती र समस्या समाधान गर्न सकिने बताउनुभएको छ । बडादसैँ २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उहाँले साझा जिम्मेवारी र सहकार्यमार्फत समस्याको समाधान गर्न सकिने बताउनुभएको हो । मुख्यमन्त्री आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टाचार अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो । युवापुस्ताको…