काठमाडौँ, १० असोज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)लाई तत्काल कार्यान्वयन गर्नेगरी चार बुँदे निर्देशन दिनुभएको छ । परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले मौजुदा पाठ्यक्रमलाई सुधार गरी नवप्रवर्तनलाई समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्न निर्देशन दिनुभएको छ । यस्तै, एकीकृत क्यालेन्डर बनाउने र परीक्षाको परीक्षाफल…