कटारी (उदयपुर), ५ असोजः उदयपुरमा भएको छुट्टाछुट्टै घटनामा दुइजनाको मृत्यु भएको छ । उदयपुरगढी गाउँपालिका–६ धप्परका ४० वर्षीय तोपबहादुर सार्कीको साँझ खोलाले बगाउँदा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार सार्कीलाई नेपालटार बजारबाट घर जाँदै गर्दा वैजनाथ खोलाले बगाएर मृत्यु भएको हो । खोला तर्ने क्रममा सार्कीलाई बगाएपछि ५०० मिटर तल शव भेटिएको छ ।…