काठमाडौँ, २८ पुस एक हातमा ‘ब्रस’ र अर्को हात ‘नाइफ’सँगै सेतो क्यान्भासमा रङ्ग पोतिरहनुभएको थियो, पाका पुस्ताका कलाकार किरण मानन्धर । आफ्नै धुनमा क्यानभास रङ्ग्याउनमा व्यस्त देखिनुएका किरणको कला देखेर नेपाल–जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोषचन्द्र कुँवर र कलाकार अनिता भट्टराईले कला र व्यवसायको अन्तर–सम्बन्ध जोड्ने योजना बुन्दै हुनुहन्थ्यो । भट्टराईले भन्नुभयो, “किरण दाइको चित्र…