गण्डकी, २५ पुस गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले देशबाट दक्ष जनशक्ति पलायन भइरहेको अवस्थामा परिवर्तन ल्याउनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराद्वारा आज आयोजित ‘पछ्याणः तेस्रो संस्करण’ कार्यक्रमको उद्घाटनमा उहाँले दक्ष जनशक्ति विदेश पलायनको अवस्था भयावह हुँदै गएको बताउनुभयो । जनशक्ति पलायनको अवस्थालाई नियन्त्रणका लागि गतिलो आधार प्राविधिक शिक्षाको प्रभावकारी विकास नै…