काठमाडौँ, ११ माघ । नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा करिब २२ लाख खर्च हुने अनुमान गरेको छ । माओवादीले फागुनको (१–३) सम्म प्रज्ञा भवन कमलादीमा प्रथम विधान अधिवेशनका लागि तीन दिनको हल बुकिङ भइसेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार धरौटी एक लाखसहित ५ लाख ४० हजार भाडा रहेको छ…