भैरहवा, २१ कार्तिक । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) ले प्राचार्य डा. लक्ष्मी पाठकलाई पदमुक्त गरेको छ । विगत एक महिनादेखि आन्दोलनरत विद्यार्थीले प्राचार्य पाठकलाई पदमुक्त नगर्दासम्म आन्दोलन नरोक्ने अडान राखेपछि अन्ततः अस्पताल प्रशासनले पाठकलाई पदमुक्त गरेको छ । प्राचार्य पाठकलाई पदमुक्त गर्ने सहमतिपछि विभिन्न माग राख्दै आन्दोलनरत विद्यार्थीहरुले आन्दोलन स्थगित…