चितवन, २३ असार । सुख्खा पहिरो खसेर मुग्लिन नारायणगढ सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काली खोला नजिकै शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ ।…