बुटवल, १७ वैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले ई–रिक्सा तथा टेम्पो महिला चालकहरुलाई सम्मान गरेको छ । आइतबार कार्यालय परिसरमा करिब ३ दर्जन बढी महिला चालकहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेले ई–रिक्सा, टेम्पोका महिला चालकहरुको खोजी गर्ने र सम्मानको शुरुवात गरेको बताए । आगामी दिनमा श्रम गरेर जीविका चलाउँदै…