चितवन, १० वैशाख। चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ…