राष्ट्रिय समाचार समिति (रासस) महेन्द्रनगर, २२ मङ्सिर एघार वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धर्मेन्द्र राना अहिले गाउँमै मेहनत गरेर मासिक रु एक लाख ५० लाख आम्दानी गरिरहेका छन् । सन् २०१४ मलेसिया पुगेका २६ वर्षीय उहाँ एक वर्षमै स्वदेश फर्किए । “एजेण्टले भने अनुसार तलब नदिएपछि वर्ष दिनमै घर फर्किए ।”…