काठमाडौं, १३ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अझै प्रतिगमनको उद्देश्यबाट पछि नहटेको भन्दै राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै केसीले आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको बताए । ‘नेकपा एमालेको नेतृत्वले देशमा प्रतिगमन लाद्न विगत दुई वर्षदेखि लगातार प्रयत्न गरिरहेको छ…