काठमाण्डौ, ०७ माघ । सभामुख देवराज घिमिरेले आफूले संवैधानिक मर्यादा र भूमिकालाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सभामुख पदमा निर्वाचित भइसकेपछि आज पहिलो बैठकलाई सम्बोधन गर्दै सभामुख घिमिरेले सभामुखको तटस्थ निष्पक्ष र समन्वयकारी भूमिकामा आफू सचेत र क्रियाशील रहेको बताउनुभयो । उहाँले आफू सभामुखमा निर्वाचित भइसकेपछि विगतमा आवद्ध रहेको नेकपा एमालेका सबै जिम्मेवारी…