काठमाण्डौ, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा नागरिकको सहज प्रवेशबारे छलफल भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले सिंहदरबार प्रवेश गर्न नागरिकलाई समस्या रहेको र यसलाई कसरी सहज बनाउन सकिन्छ भनेर छलफल गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। कामविशेषले सिंहदरबार छिर्नुपर्ने नागरिकलाई सहज बनाउन गृहमन्त्रालयले कर्मचारी राख्न पर्ने…