काठमाडौं, १८ मंसिर ।७५३ स्थानीय तहमध्ये ८ वटा पालिका अझै बजेट विहिनको अवस्थामा छन् । मधेश प्रदेश अन्तर्गतका ७ वटा पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म पनि चालू आर्थिक वर्ष २०७९ ८० को वार्षिक बजेट ल्याउन नसकेका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, सिराहा,…