काठमाण्डाै – पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार दुई सय ५५ जनाको नमुना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप १८ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय ११ जनामा झरेको छ…