काठमाण्डौ, १३ कार्तिक । बाँकेमा चुरा गोदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आज आइतवार बिहान आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २५ वर्षका समिर वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका वलीको…