काठमाण्डाै – बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जको तारेभिर क्षेत्रमा लागेको डढेलो अझै निभेको छैन । आज मङ्गलवार दिउँसोदेखि लागेको डढेलो निभाउने प्रयास भइरहेको काठमाण्डाै प्रहरी परिसर टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । केहीबेर डढेलो निभाउन सिम्रिक एअरको हेलिकप्टर प्रयोग गरिए पनि अहिले हेलिकप्टरबाट पानी खन्याउन रोकिएको छ । दमकल, पानी ट्याङ्कर, निकुञ्जका सेना र…