इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे छ । मुम्बईले दिएकाे एक सय ५६ रनकाे लक्ष्य चेन्नईले २० औँ ओभर (अन्तिम बल) मा भेटायाे । अन्तिम ओभरमा १७ रन चाहिएकाेमा चेन्नईका महेन्द्रसिंह धाेनीले अन्तिम बलमा चाैका प्रहार गर्दै टिमलाई जिताए, उनले १३ बलमा नटआउट २८ रन बनाए…