नेपालगञ्ज १२ असोज। सल्यानको मूलपानीमा जीप दुर्घटनाका घाइते तिलक ओलीको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सो दुर्घटनामा परेर एक बालकसहित ८ जनाको मृत्यु भएको थियो।दुर्घटनामा परेर गम्भीर घाइते सल्यान कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय ओलीले चालक निदाउँदा दुर्घटना भएको बताउनुभएको छ। शरीरका धेरै भागमा गम्भीर चोट लागेर घाइते हुनुभएका उहाँले चालक…