१८ जेष्ठकपिलवस्तुमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको महाराजगंज नगरपालिका २ पडेरिया बस्ने सोहेल अहमदको छोरा १० वर्षीय अहमद रजाको ज्यान गएको कपिलवस्तु प्रहरीले जनाएको छ । प्रहरीका अनुशार बाणगँगा नदीमा नुहाउने क्रममा डुबेर उक्त बालकको मंगलबार दिउँसो मृत्यु भएको हो ।