गुल्मी १२ चैत । नेकपा (एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गुल्मी पुग्नु भएको छ । शनिवार सदरमुकाम तम्घासमा आयोजना हुने जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न अध्यक्ष नेपाल गुल्मी पुग्नु भएको हो । सो पार्टीका गुल्मी जिल्ला अध्यक्ष नरेश भण्डारीका अनुसार नेता नेपालसँगै सहरी विकासमन्त्री रामकुमारी झाँक्री पनि गुल्मी आउनु भएको छ।