बुटवल २० फागुन । रुपन्देहीको तिलोत्तमालाई केन्द्रमा राखेर महानगर निर्माण गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ । उहाँले जिल्लाका बुटवल उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिका, देवदह लगायतका क्षेत्रलाई समेटेर प्रशासनिक कार्यालय तिलोत्तमा रहने गरी महानगर निर्माण गरिने बताउनुभयो ।तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ कुञ्जलापुरमा निर्मित प्रशासनिक भवनको समुद्घाटन गर्दै अर्थमन्त्री पौडेलले सोही भवन तथा ठाउँलाई प्रशासनिक केन्द्र…