दाङ, २३ असार । दाङ जिल्लामा लोपोन्मुख स्थानीय बालीको मूल बीउ संरक्षण गर्न थालिएको छ । जिल्लामा सहकारीका माधयमबाट स्थानीय बालीको बीउको संरक्षण गर्न लागिएको हो । परम्परागतरुपमा खेती गरिँदै आएका बालीप्रति पछिल्लो समयमा कृषकको आकर्षण बढेको कृषिका अगुवा बताउनुहुन्छ । घोराही उपमहानगरपालिका– २ मा रहेको जैविक विविधता कृषि सहकारी संस्थाले लिवर्ड संस्थाको सहयोगमा विसं २०६४…