काठमाण्डौ, १६ कार्तिक । प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राईलाई आज मङ्गलवार प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ ग्रहण गराउनुभएको हो । नेकपा एकीकृत समाजवादीका नेता राईलाई प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यस्तै, मुख्यमन्त्री राईले चार मन्त्री…