काठमाडौं, ३० असोज । महिला अधिकारकर्मी रुवी खानलाई अस्पताल भर्ना गरिएको छ । नौ दिनदेखि आमरण अनसनमा रहेकी खानको स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै शरीरमा पानीको मात्र कम भएपछि उनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।बाँकेका दुई जना महिलाको हत्यारालाई कारबाहीको माग गर्दै समूहसहित नेपालगञ्जबाट २०…