काठमाडौं २७ कात्तिक । बागमती प्रदेश सरकारको गौरवको आयोजना भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माण प्रक्रिया तत्काल अघि नबढ्ने भएको छ । संघ सरकारले सहलगानी गर्न चासो नदिएको भन्दै बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल प्रक्रिया अघि नबढाउन भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।प्रदेश सरकारले आफ्नो लगानीमा सुरुङ मार्ग बनाउन नसक्ने र केन्द्र सरकारले बजेट विनियोजन नगरेको कारण चालु…