काठमाडौं, १७ असोज । नेकपा एमालेले आफ्नो दशौं महाधिवेशन बुटवलमा गर्ने भएको छ। आइतबार प्रथम विधान महाधिवेशनको समापन सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने घोषणा गरेका हुन्। यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गरेका हुन्…