सर्लाही, १७ कार्तिक । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो ।स्यालले टोकेर घाइते…