कपिलवस्तु, २४ जेठ । लुम्बिनी प्रदेश सरकारको बेरुजु १ अर्ब १२ करोड ६३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई महालेखा परीक्षक कार्यालयका नायब उपमहानिर्देशक घनश्याम कोइरालाले लुम्बिनी प्रदेशका सरकारी, सङ्घसंस्था तथा स्थानीय तहको लेखा परीक्षण प्रतिवेदन बुझाएका छन् । प्रतिवेदनमा प्रदेशका विभिन्न निकायको विवरण, लेखा परीक्षणबाट देखिएको बेरुजु…