प्युठान, २४ बैशाख । बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो । यसरी किटको अभावमा थर्मल गनले जाँचेर मात्र घर पठाउनु सरक्षाको हिसाबले उच्च जोखिम हुने भन्दै स्वास्थ्यकर्मीहरुले चिन्ता गरेका छन् । जिल्लाभरबाट…