काठमाण्डौ, २६ असोज । गोरखाको गोरखकाली मन्दिरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँ घरमा फूलपाती पठाइएको छ । गएराति गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाति आज बिहान बा २ झ २१२९ नम्बरको सरकारी मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।यो वर्ष गोरखा दरबार हेरचाह अड्डाका पुजारी कुलबहादुर थापा फूलपाती लिएर काठमाण्डौ जानु भएको हो । हनुमानढोकामा फूलपाती लैजानका लागि पुरातत्त्व…