कपिलवस्तु, २६ माघ ।लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुद्धकालीन सम्पदाहरूलाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भएको छ । पर्यटकको आकर्षक थलोको रुपमा रहेका कपिलवस्तुका बुद्धकालीन सम्पदाहरू, पुरातात्विक क्षेत्रहरूलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउँदै तराईका क्षेत्रमा नगदेबालिलाई प्राथमिकीकरण गर्नुपर्ने बताउनु भएको छ । शुद्दोधन गाउँपालिकाको प्रगतीनगरमा आयोजित दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८०…