बुटवल १९ बैशाख । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएसंगै ३ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।विपक्षीदलका सांसदले सपथ रोक्न दवाव मुलक धर्ना दिएपनि मुख्यमन्त्री कार्यलयमा पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादववाट आइतवार साझ ८वजे सपथ लिएका हुन् । मन्त्रीमण्डलमा पूर्ववत रुपमा मन्त्री रहदै आउनु भएका बैजनाथ चौधरी र नवनियुक्त मन्त्री हरि प्रसाद रिजाल गरी…